दफा ४१
बीमा अभिकर्ताको इजाजतपत्र
(१) ऐनको दफा ९१ बमोजिम बीमा अभिकर्ताको: इजाजतपत्र प्राप्त गर्न नियम ४२ बमोजिमको योग्यता भएको व्यक्ति वा संस्थाले देहायका कागजातको -प्रतिलिपि संलग्न गरी अनुसूची-६ को ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-

(क) नेपाली नागरिकताको प्रमाणपत्र,

(ख) स्थायी लेखा नम्बर,

(ग) शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र,

(घ) सम्बन्धित बीमकको सिफारिस,

(ङ) बीमा अभिकर्ताको तालिम लिएको प्रमाणपत्र,

(च) बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र ।

(२) संस्थागत अभिकर्ताको रूपमा कार्य /गर्न चाहने संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक, कार्यकारी: प्रमुख वा कुनै एक जना उच्च व्यवस्थापकको /उपनियम (१) बमोजिमको कागजातका अतिरिक्त देहायका कागजातको प्रतिलिपि समेत पेस गर्नु पर्नेछ:-

(क) संस्था दर्ता प्रमाण,

(ख) बीमा अभिकर्ताको कार्य गर्ने भनी उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावली,

(ग) पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता भएको प्रमाण,

(घ) ८ प्रचलित कानून बमोजिम कालोसूचीमा नरहेको प्रमाण ।

(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदन उपर प्राधिकरणले जाँचबुझ गर्दा निजलाई बीमा अभिकर्ताको इजाजतपत्र दिन उपयुक्त देखेमा अनुसूची-७ बमोजिमको शुल्क लिई अनुसूची-८ बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ।

(४) बीमा अभिकर्ताले बीमक परिवर्तन गर्नुपरेमा प्राधिकरण _ समक्ष उपनियम (१) र्‌ (२) मा उल्लिखित कागजातको प्रतिलिपिका अतिरिक्त नयाँ बीमकको सिफारिस र हाल कार्यरत रहेको बीमकसँगको हरहिसाब राफसाफ भइसकेको प्रमाण सहित निवेदन दिनु पर्नेछ र त्यसरी निवेदन प्राप्त भएमा प्राधिकरणले जाँचबुझ गरी अनुसूची-८ बमोजिम निजले प्राप्त गरेको इजाजतपत्र अद्यावधिक गरिदिन सक्नेछ।